वैशाख २५, २०८३, शुक्रबार, खप्तड छान्ना गाउँपालिका, बझांग - 

सुदूरपश्चिम खप्तडछान्ना गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वछता (WASH) योजना निर्माणको कार्यलाई उच्च प्राथमिकता दिएर तत्सम्बन्धी गतिविधि गर्दै आएको छ । प्रारम्भमा गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र सरोकारवालाहरुसँग WASH योजनाको महत्त्व, आवश्यकता, विधि, प्रकृया सम्बन्धमा प्रारम्भिक कार्यशाला गरी WASH योजना निर्माणकार्य प्रारम्भ गरेको थियो भने WASH योजना निर्माणका लागि सूचना, तथ्यांक संकलन गर्न गणकहरु छनौट गरेर उक्त गणकहरुको लागि ३ दिवशीय NWASH सम्बन्धी तालिम सम्पन्न भएको छ । खप्तडछान्ना गाउँपालिका, ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC) र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACCP) को संयुक्त साझेदारीमा बन्ने WASH योजनाको लागि तालिमको आयोजना पनि सोही अनुसार भएको थियो ।

तालिमको प्रारम्भमा औपचारिक कार्यक्रम भएको थियो । उक्त औपचारिक कार्यक्रम खप्तडछान्ना गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत विजय प्रकाश गिरीको अध्यक्ष्यतामा र गाउँपालिकाका उपाध्यक्ष विष्णु कुमार थापाको प्रमुख आथित्यतामा भएको थियो । तालिममा RSDC का तर्फबाट ७ जना, LACCP परियोजनाका तर्फबाट ४ जना, गाउपालिका तर्फबाट प्राविधिक २ , IT र अन्य कर्मचारी ९ जना गरी जम्मा २० जनाको सहभागिता थियो ।

तालिममा WASH Plan निर्माण गर्न चाहिने सूचना, तथ्यांक लिनका लागि NWASH app कसरी प्रयोग गर्ने, घर-धुरी सर्वेक्षणकोलागि सरसफाई र स्वच्छता application, NWASH Inventory, विद्यालय प्रश्नावली, Project Sustainability, स्वास्थ्य संस्था सुविधा, Community Sanitation, सार्वजनिक शौचालय, Unserved Population गरेर ८ वटा Application मा login, data collection, Edit and send कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

गाउँपालिकाको तालिम कक्षमा वैशाख २३ देखि २५ गतेसम्म संचालन भएको सो तालिममा सहभागीहरुलाई प्रमाण पत्र र प्रमुख प्रशिक्षकलाई सम्मान पत्र दिइएको थियो ।

स्मरण रहोस् RSDC ले खप्तडछान्ना गाउँपालिकामा "पिछडिएका समुदायहरुको स्वास्थ्य, सरसफाइ, स्वच्छता तथा पिउने पानी (WASH) र जनजीविकाकालागि क्षमता वृद्धि परियोजना" मार्फत विभिन्न गतिविधिहरु गर्दै आएको छ । सोही परियोजनाको उध्देश्य हासिल गर्नका लागि उक्त तालिम भएको ह‍ो ।