जेठ १७, २०८३, आइतबार, बालुवाटार, काठमाडौँ - 

ग्रामीण स्वावलम्बन विकास केन्द्र(RSDC)लाई बदलिँदो परिवेस अनुसार समय सापेक्ष गतिशील बनाउने सन्दर्भमा तदनुरुपको रणनीति निर्माणका लागि विगत केही समयदेखि निरन्तर औपचारिक र अनौपचारिक वौध्दिक मन्थन भइरहेको छ ।

रणनीति निर्माणका लागि संस्थाका सदस्य डा. गिरी पन्थी संयोजक, डा. संजय महतो र देवका के.सी. सदस्य रहेको तीन सदस्यीय समितिले हालसम्म गरेका कार्यहरुको जानकारी गराउने र थप सुझाबहरु लिने उध्देश्यले यही २०८३ जेष्ठ १७ गते सहभागितामूलक कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा संस्थाका पदाधिकारीहरु, सदस्यहरु र फिल्ड तथा केन्द्रमा कार्यरत कर्मचारीहरु भौतिक र भर्चुअल गरी २६ जनाको सहभागिता थियो ।

कार्यशालाको सहजीकरण समितिका संय‍ोजक डा. गिरी पन्थीले गर्नुभएको थियो । डा. संजय महतोले RSDC को ५ वर्षको रणनीति तयारीमा समितिले हालसम्म गरेको कामको प्रगति प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा अक्सफोर्ड विश्वविद्यालयमा आवध्द RSDC सदस्य डा. कृष्ण अधिकारीले RSDC को इतिहास, स्वावलम्बन अवधारणाको महत्त्व, मूल्य, मान्यता, सरकार, दातृ निकायहरुले विकासलाई हेर्ने, बुझ्ने दृष्टिकोणका विषयमा अनुभवजन्य कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी लामो समय युरोपमा रहेर विकासको विश्वव्यापीकरणलाई अध्ययन गरेर आफ्नै मुलुकमा सक्दो योगदान गरौं भनेर लागिरहनुभएका डा. कृष्ण भण्डारीले समुदायको विकासमा सफल ठानिएको वंगलादेशको BRACK म‍डेल र RSDC को स्वावलम्बन मोडेलको विश्लेषण सहित भविष्यका लागि RSDC को संभावित गन्तव्य सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा. दुर्गा पौडेलले विकासको विध्यमान विधि, पध्दतिबाट भुइतहमा साधन, स्रोत, सेवा, अवसर नपुगेको र भुइतहमा परिवर्तन ल्याउनका लागि स्वावलम्बन म‍डेल उपयुक्त हुनसक्ने धारणा राख्नुभएको थियो । अध्यक्ष राजेन्द्र दाहालले RSDC ले समुदायको विकासमा विगत ३५ वर्षमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको र अबको वदलिएको परिवेशलाई आत्मसात् गरेर संस्थाका सबै पक्षमा पुनरावलोकन गरी तदनुरुपको रणनीतिक योजना सहित संस्थालाई अगाडि बढाउन लागिपरेको बताउनु भयो । कार्यशालामा सहभागी विभिन्न क्षेत्रका अनुभवी महानुभावहरुले पनि कार्यशालामा गहन सुझाब राख्नुभएको थियो ।

RSDC को सभाहलमा भएको कार्यशालामा समितिले हालसम्म गरेको गृहकार्यमा सहभागीहरुबाट प्राप्त थप सुझाब, विभिन्न विद्वानहरुबाट प्रस्तुत कार्यपत्रहरुलाई समेत समेटेर रणनीति निर्माण समितिले थप गृहकार्य गर्ने र पुनः अर्को सहभागितामूलक कार्यशालामा प्रस्तुत गर्ने भन्ने सहमति भएको छ ।

RSDC लई भावी दिशानिर्देश गर्नका लागि आजको कार्यशाला अत्यन्तै महत्त्वपूर्ण हुने सहभागीहरुको धारणा थियो ।