भाद्र ११, २०८३, बिहीबार, काठमाडौँ -
नेपाल र मित्रराष्ट्र चीनको सिमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदी बेसिनमा आएको अप्रत्याशित र अकल्पनीय बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाहरूमा पर्न गएको असीमित मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति ग्रामीण स्वावलम्बन विकास केन्द्र(आरएसडिसी) गहिरो शोक तथा पीडा व्यक्त गर्दछ ।
यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी निधन भएका व्यक्तिहरुप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना तथा घाइते व्यक्तिहरुको शीघ्र पूर्णरूपमा स्वास्थ्य लाभको कामना गर्दछ र वेपत्ताहरुको शकुशलता सहितको शीघ्र यथार्थता प्राप्त होस् भन्ने कामना छ ।
विपदको यस संवेदनशील घडीमा ग्रामीण स्वावलम्बन विकास केन्द्रका तर्फबाट राहत रु. ५००,०००/-(पाँचलाख) "प्रधानमन्त्री दैवीप्रकोप उध्दारकोष"मा राहत सहयोग स्वरूप जम्मा गरेको छ । साथै थप राहत कार्यमा सहकार्य गर्न आरएसडिसी निरन्तर प्रयत्नशील छ ।
