वैशाख ११, २०८३, शुक्रबार, पुल्चोक, ललितपुर - 

"प्लास्टिक फोहोरमैला व्यवस्थापनमा RSDC को सफल अभ्यास" राष्ट्रिय कार्यशाला हालै सम्पन्न भएको छ । वागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाको प्रमुख आतिथ्यता भएको सो कार्यशालामा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, फोहोरमैला व्यवस्थापनमा काम गरिरहेका सामाजिक संघ-संस्था, उध्यमी व्यवसायी गरेर १३५ जना व्यक्तिको सहभागिता थियो ।

कार्यशालामा वातावरण संरक्षण र महिलासशक्तिकरणको एक यात्रा- बोतल बैंक संचालन समूह, पोखराबाट संगिता शर्मा, प्लास्टिक र केराको फोहोर: महिला आम्दानीको असल अभ्यास-दिगो विकास समाज भजनी-कैलाली, प्रभु ढकाल, "Womenpreneurs4Plastic", RSDC-काठमाडौं, नारायण निरौला, Green job: Reycling and Upcycling Women Enterpreneurship, UNDP-GCRU, पोखरा, सन्तोष दास श्रेष्ठ, Garbage to Garden: An Exemplary Work of Dhanakuta municipality, धनकुटा नगरपालिका, उपेन्द्र खनाल वरिष्ठ वातावरण विद तथा वरिष्ठ अधिकृत, Waste Management: From Transfer to Actual Management, Welth and Women, Eco Family दाङ, प्रतिक खरेल र रुपेश कुवर, फोहोरमैला व्यवस्थापनमा सहकारी मोडेल, बुटवल सरसफाइ तथा वातावरण सहकारी संस्था, बुटवल-रुपन्देही, कृष्ण बहादुर कार्की र Neppal is Burning What the World is Willing to Pay, Climate Entrepreneur, Appropriate Technology Lab, पल्लवी कुवर बाट कार्यपत्र प्रस्तुत भएको थियो ।

सोही सन्दर्भमा Climate Expert, FAO का उज्ज्वल उपाध्यायको सहजीकरणमा Scalability and Replicability of the Sahakari Model for Dry Waste Recycling विषयमा ६ जना प्यानलिस्टहरु क्रमशः शशीकुमार लम्साल, उपरजिष्टार सहकारी प्रशासन तथा प्रवर्द्धन , जयराम उप्रेती संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय, डाक्टर इन्दिरा पराजुली, सह-प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, राजेन्द्र श्रेष्ठ, वडा अध्यक्ष-बुढानीलकण्ठ न.पा.२ र शिव प्रसाद बस्याल RSDC, काठमाडौं सँग वौध्दिक मन्थन भएको थियो ।

यसै अवसरमा प्रोफेसर नवराज खतिवडाले सहभागीहरुलाई RSDC ले बुढानीलकण्ठमा गरिरहेको अभ्यास, बोतल बैंकले पोखरामा गरिरहेको अभ्यास र धनकुटा नगरपालिकाले धनकुटामा गरिरहेको अभ्यासको भर्चुअल अध्ययन अवलोकन गराउनु भएको थियो । राष्ट्रिय कार्यशालामा फोहोरमैला व्यवस्थापनमा भइरहेको सफल अभ्यासको प्रदर्शनी मेला पनि भएको थियो ।

राष्ट्रिय कार्यशाला NDI सँग मिलेर RSDC ले आयोजना गरेको थियो । RSDC का सदस्य सचिव कान्ता सिंहको अध्यक्षतामा भएको उक्त कार्यशालामा पूर्व मन्त्री गणेश साह तथा प्रमुख अतिथि प्रदेश मन्त्री जयराम थापाले शुभकामना दिनुभएको थियो । सहभागीलाई आयोजकका तर्फबाट RSDC का शिव बस्यालले स्वागत र NDI का डाक्टर नवराज खतिवडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यस राष्ट्रिय कार्यशालाले फोहोरमैलाको क्षेत्रमा भइरहेका सफल अभ्यासको बारेमा बुझ्न र नीतिगत तहमा थप छलफल गर्नमा सहयोग हुनेछ भन्ने आयोजकहरुले अपेक्षा राखेका छन् ।