ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)ले मधेस प्रदेशको सर्लाही जिल्लाको बलरा नगरपालिका र धनकौल गाउँपालिका तथा महोत्तरी जिल्लाको मनरासिसवा नगरपालिका र सम्सी गाउँपालिकामा संचालन गरेको Global WASH परियोजना अन्तर्गतका परियोजनागत गतिविधि सहित समग्र कार्यक्रमको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम बलरा नगरपालिका मेयरको प्रमुख आतिथ्यता र सम्सी गाउँपालिका प्रमुखको विशिष्ट आतिथ्यतामा RSDC का कार्यकारी प्रमुखको अध्यक्षता सम्पन्न भएको छ । कार्यक्रममा परियोजना संचालित ४ वटा पालिकाका वडा अध्यक्षहरु, पालिकाहरुका कर्मचारी तथा विषयगत कर्मचारीहरु, खानेपानी उपभोक्ता समित, सार्वजनिक शौचालय व्यवस्थापन समित, टोल सुधार समिति लगायतका समुदाय स्तरीय समितिका प्रतिनिधिहरु, स्थानीय स्रोत व्यक्तिहरु, RSDC का परियोजनागत कर्मचारीहरु लगायतका व्यक्तिहरु सम्मिलित हुनुहुन्थ्यो ।
समुदायका लाभग्राहीहरु, जनप्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तरकृया, छलफल, सुझाब संकलन, परियोजनाबाट निर्माण भएका आयोजनाहरुको स्थलगत अवलोकन, अध्ययन, RSDC बाट भएका संस्थागत व्यवस्थापन सम्बन्धि कार्यालयका जिम्मेवारीको अध्ययन, अनुगमन पश्चात विषयगत विज्ञ थानेश्वर कोइरालाले समाज कल्याण परिषद्ले बनाएको निर्देशिका वमोजिम उल्लेखित परियोजनाका सम्बन्धमा विस्तृत अध्ययन तथा मुल्यांकन गरेर तयार गर्नुभएको प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।
परियोजनाबाट भएका गितिविधिहरू कार्यान्वयन भएको, संस्थाका संस्थागत सूचकांकहरु (पारदर्शिता, सुशासन, जबाफदेहिता) सबै जसो सन्तोषजनक भएको, स्थानीय सरकारका प्रतिनिधिहरु, लाभग्राही समुदायहरुबाट RSDC लाई अबका दिनमा पनि कार्यक्रम विस्तार गर्न माग भएको र कार्यक्रम विस्तार भएमा सफ्टवेयरका कार्यक्रमका अलवा पूर्वाधारका आयोजना अलि व्यापक हुनेगरी परियोजना निर्माण गर्न सुझाब दिनुभएको स्रोत व्यक्तिको प्रतिवेदनको निष्कर्ष छ ।
सार्वजनिक सुनुवाइमा प्रमुख अतिथि, विशिष्ट अतिथिले परियोजनाबाट स्थानीय सरकारलाई पुर्याएको सहयोगका लागि RSDC लाई धन्यवाद ज्ञापन गर्दै परियोजना विस्तारका लागि पुनः माग गर्नुभएको थियो । सोही क्रममा सहभागीहरुले पनि परियोजनाका उपलब्धिका बारेमा धारणाहरु राख्नुभएको थियो ।
सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणमा सहभागीहरुले राख्नुभएका सुझाबहरुलाई संस्थाले मनन गरेको, आगामी दिनमा परियोजना विस्तारका लागि समुदाय तथा स्थानीय सरकारबाट भएको माग सम्बन्धमा दातृ निकाय समक्ष जानकारी सहित माग निवेदन पठाएको RDCका प्रमुखले सहभागीलाई जानकारी गराउँनु भयो साथै विध्यमान परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्नमा स्थानीय सरकार, सामुदायिक संस्थाहरु, स्वावलम्बन सहकारी संस्थाहरुबाट प्राप्त सहयोगका लागि RSDC का तर्फबाट विशेष धन्यवाद दिनुभएको थियो ।
