News

   

ग्रामीण स्वावलम्बन विकास केन्द्रले दृष्टि बिहीन विद्यार्थीहरूका लागि सेतो छडी सहायोग गरेको छ । विभिन्न विषयमा ११ देखि स्नाकोत्तरमा अध्ययन गरिरहेका काठमाडौँ उपत्यकाका चोभार, सानोठिमी, कपन लगायतका कलेजका दृष्टि बिहीन विद्यार्थीहरूलाई उपलब्ध गराउनका लागि उज्ज्वल नक्षत्र समाजलाई ग्रामीण स्वावलम्बन विकास केन्द्रले सेतो छडी सहायोग स्वरूप उपलब्ध गराएको हो । उज्ज्वल नक्षत्र समाजले दृष्टि बिहीन २५० जना विद्यार्थीहरूलाई पाएक पर्ने गरी विभिन्न स्थानमा भेलागरी यहि २०८० आश्विन २८ गतेका दिन सेतो छडी उपलब्ध गराउन लागेको छ। सोही उज्ज्वल नक्षत्र समाजले अरु विभिन्न स्रोतबाट १८६ वटा सेतो छडी व्यवस्था गरेको र ६४ वटा सेतो छडी अपुग भएकोले ग्रामीण स्वावलम्बन विकास केन्द्रसँग सो अपुग सेतो छडी सहयोगका लागि अनुरोध गरेको थियो। उक्त संस्थाको माग बमोजिम ग्रामीण स्वावलम्बन विकास केन्द्रका लजिस्टिक एव कार्यक्रम अधिकृत हर्क बहादुर सुनुवार मार्फत ६४ थान सेतो छडी सहयोग स्वरूप हस्तान्तरण गरेको छ । दृष्टि बिहीन विद्यार्थीहरूका लागि उज्ज्वल नक्षत्र समाज मार्फत सानो सहयोग गर्ने अवसर पाएकोमा आयोजकलाई ग्रामीण स्वावलम्बन विकास केन्द्रले धन्यवाद ज्ञापन गरेको छ।