ग्रामीण स्वावलम्बन विकास केन्द्र(RSDC)ले गण्डकी प्रदेशको राजधानी एवं प्रसिद्ध शुन्दर पर्यटकीय नगर पोखरामा यस वर्षको वार्षिक समीक्षा कार्यशाला तथा रिट्रीट कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा RSDC बाट प्रबन्ध समितिका अध्यक्ष, पदाधिकारीहरु, साधारणसभाका सदस्यहरु, परियोजना र केन्द्रमा कार्यरत कर्मचारीहरु गरेर ४८ जनाको सहभागिता थियो । कार्यक्रमलाई औपचारिक, अनौपचारिक र अवलोकन अध्ययन गरी तिनसत्रमा विभाजन गरिएको थियो । RSDC प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा औपचारिक सत्र भएको थियो । उक्त सत्रलाई RSDC का धिरेन्द्र कुमार आर.सी.ले संचालन गर्नुभएको थियो र कर्यकारी प्रमुख शिव बस्यालले स्वागत मन्तव्य सहित कार्यशालाको उध्देश्य बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा RSDC का सदस्य तथा गण्डकी विश्व विध्यालयका कुलपति डा. इन्द्र प्रसाद तिवारीले कार्यशालाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो । औपचारिक सत्रका अध्यक्ष तथा RSDC प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र दाहालले सोही अवसरमा Global WASH परियोजनामा कार्यरत स्थानीय स्रोत व्यक्तिहरु (LRP) १८ जनालाई कदर पत्र वितरण गर्नुका साथै स्थानीय स्रोत व्यक्ति नरेश रायलाई उत्कृष्ट स्थानीय स्रोत व्यक्तिका रुपमा सम्मान र संस्थाको तर्फबाट सहभागी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । यही मंसिर २३ देखि २५ गतेसम्म संचालन भएको कार्यक्रमको पहिलो २ दिन RSDC ले संचालन गरेका परियोजनाहरु Global WASH, W4P र केन्द्रबाट बझाङ लगायतका क्षेत्रमा संचालित गतिविधिहरुको प्रस्तुति भयो । सोही अवसरमन RSDC का सदस्य डा. संजय महतोले उध्यमशीलता र सहकारी सम्बन्धि, RSDC सदस्य प्रमोद दाहालले खाना र स्वास्थ्य सम्बन्धि तथा GCRU का सशिकुमार थापाले UNDP द्वारा पोखरामा संचालन भएको Green job Creation through Recycling and Upcycling in Pokhara (GCRU) को अवधराणा तथा भइरहेका कार्यहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको दोस्रो दिन पोखरामा UNDP को सहयोगमा हाम्रो जीवनशैली महिला समूहले संचालन गरेको Solid waste management सम्बन्धि गरेका कार्यहरु र Womens Skills development organization (WSDO) ले गरेका कार्यहरुको स्थलगत अवलोकन तथा सहभागितामूलक अन्तरक्रिया र कार्यक्रमको तेस्रो दिन पोखरा नगर भित्रका पर्यटकीय स्थलहरुको अवलोकन अध्ययन भएको थियो । यस कार्यक्रमबाट RSDC नीति निर्माता र कर्मचारीहरु बिचमा एक-आपसमा पुनर्मिलन हुनुका अलावा RSDC कर्मचारीहरुमा क्षमता अभिवृद्धि गर्नुका साथै हौसला बढाएको सहभागीहरुको धारणा छ । स्मरण रहोस् RSDC ले यस् प्रकारको कार्यक्रम फरक-फरक विभिन्न स्थानहरुमा विगत पाँच वर्षदेखि गर्दै आएको छ ।
