बूढानीलकण्ठ नगर पालिकामा फोहोर मैला व्यवस्थापन र पर्यावरण संरक्षणका लागि सहकारी संस्था गठन भएको छ। विगत एकवर्ष देखि फोहोर-मैला व्यवस्थापनका लागि सामूहिकरूपमा खट्दै आउनु भएका वडा नं २ का दिदि-बहिनीको निरन्तर प्रयासबाट बूढानीलकण्ठ नगरपालिकालाई कार्य क्षेत्र बनाएर ज्ञानु कार्की थापाको अध्यक्षतामा हालै "जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि." गठन भएको छ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रले बूढानीलकण्ठ नगर पालिकामा स्वावलम्बन विधि पद्दति अनुरूप फोहोर मैला व्यवस्थापन गर्नमा सहयोग गर्ने उद्देश्य राखेर "सक्रिय सहभागिता, नवीनतम सोचद्वारा प्लाष्टिक पुन:प्रशोधन, वातावरण संरक्षण र महिला सशक्तिकरण (womenpreneurs4Pladtic)" परियोजना सञ्चालन गर्दै आएको छ। सोहि परियोजनाबाट उल्लेखित सहकारी संस्था निर्माणमा सहजीकरण भएको छ।
