ग्रामीण स्वावलम्बन विकास केन्द्रको स्थापना २०४८ श्रावण १३ गते भएको हो । यो नेपालभरि काम गर्ने गैरसरकारी संस्था हो । यो संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता छ र समाज कल्याण परिषदमा आवद्ध छ ।
‘स्वावलम्बन’ ग्रामीण स्वावलम्बन विकास केन्द्रको प्रमुख अवधारणा र अभ्यास हो । स्वावलम्बनको प्रमुख लक्ष्य भनेको गरिब तथा विपन्न बर्गलाई गरिवीको प्रतिकुलता र अरु सबैखाले प्रतिकुल परिस्थिति संग लड्न सक्ने क्षमता अभिवृद्धि गर्न सङ्गठित गर्दै जानु हो । स्वावलम्बन अवधारणाले व्यक्तिको संग्ज्ञानात्मक र सङ्गठनात्मक क्षमताको विकास र उनीहरुविच एकता र सहयोगको भावना निर्माणमा ध्यान केन्द्रित गर्दछ । साथै आत्म-अनुभूति, आत्म-सहायता, आत्म-सुधार, र आत्म-सशक्तीकरणतर्फ समुदायको गतिशीललाई उत्प्रेरित गर्दछ । स्वावलम्बन अवधारणा समुदायको निरन्तर विकास प्रयासको लागि एक अनुभव प्राप्त सफल प्रक्रिया हो । यस अर्थमा यो समुदायको सकारात्मक परिवर्तनका लागि भरपर्दो माध्यम पनि हो । यस केन्द्रले अपनायको स्वावलम्बन अवधारणालाई स्वावलम्बन दर्शन पनि भनिन्छ । समूदाय तहमा सङ्गठनात्मक संरचना तयार गरि समग्र विकासका मुद्धाहरुमा उक्त्त सामुदायको पहुँच बढाई असल नागरिक बन्नमा अभिप्रेरित गर्नु नै स्वावलम्बन दर्शन हो ।
ग्रामीण स्वावलम्बन विकास केन्द्रका उद्धेश्यहरु:
- एकता र उच्च उत्पादकताको लागि समुदायहरु सङ्गठित गर्ने;
- आत्मविश्वास विकास गर्ने;
- समुदायमा एक अर्काको सामाजिक स्थिति र आर्थिक क्षमताको सम्मान गर्ने; र
- उत्पादनमुलक उद्धेश्यका लागि समुदायमा विद्दमान स्रोत र सेवाहरुलाई परिचालन गर्न पहुँच पुर्याउने ।
माथि उल्लेखितबाहेक संस्थाको विधानमा भएबमोजिमका अन्य उद्देश्यहरु पुरा गर्ने ।
