आय आर्जन समूह गठन गर्ने तरिका ः

स्वावलम्बन कार्यक्रमको प्रवेशद्वार भनेको आय आर्जन समूह हो । स्वावलम्बन अवधारणालाई समुदायका बीचमा लागू गर्ने कडी पनि आय आर्जन समूह हो । कार्यक्रमको मुख्य आधार स्तम्भ आय आर्जन समूह भएको हुँदा समूहलाई स्वावलम्बन कार्यक्रमको मुटु पनि भत्रे गरिन्छ । स्वावलम्बनका सबै गतिविधिहरु समूहद्वारा समूहले समूहका लागि समूह भित्र सञ्चालन गरिन्छ । समूह गठन गर्दा हतारमा गरियो वा विधि पुगेन भने समूहले गर्ने हरेक गतिविधिहरु कमजोर हुन सक्छन । सामाजिक परिचालनका क्षेत्रमा काम गर्ने संघ–संस्थाका समूह बनाउने आ–आफ्नै तरिकाहरु हुन्छन । ग्रामीण स्वावलम्बन विकास केन्द्रको समूह गठन गर्ने तरिकाका बारेमा यहाँ उल्लेख गरिएको छ ।

 केन्द्रका तर्फबाट कार्यक्रम सञ्चालन भएका गाविसमा गाविस स्तरीय परिचयात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरी जनस्तरमा कार्यक्रमका बारेमा जानकारी गराउने ।
 केन्द्रका तर्फबाट कार्यक्रम सञ्चालन भएका गाविसहरुको वस्तुस्थितिको अध्ययन गर्ने, अध्ययन गर्दा गाउँस्तरमा कार्यरत संघ–संस्थासँग सम्पर्क गरी माध्यमिक सूचना संकलन गर्ने, यसका लागि स्थानीय शिक्षक, वुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधिसँग सम्पर्क गर्ने ।
 सम्बन्धित गाविसका ९ वटै वडामा वडास्तरीय परिचयात्मक अन्तरक्रिया कार्यक्रम गरी कार्यक्रमका बारेमा जानकारी गराउने ।
 वडा भित्रका वस्ति, टोल स्तरमा घरभेट कार्यक्रम गर्ने ।
 सम्बन्धित गाविस भित्र माध्यमिक सूचना र प्रारम्भिक भेटघाट तथा अन्तरक्रिया पश्चात आर्थिक, सामाजिक, शैक्षिकरुपले पिछडिएको र बाहिरी साधन स«ोत र अवसर पाउनबाट बञ्चित रहेको, तुलनात्मक रुपले विपत्र लक्षित वडाको पहिचान र छनौट गर्ने ।
 लक्षित वडा भित्र पनि टोल÷वस्तिको पहिचान र छनौट गर्ने ।
 लक्षित वडा र टोल वस्तिमा घरभेटलाई तिव्र तुल्याउने र घरभेटका क्रममा स्वावलम्बन अवधारणा सम्बन्धमा निरन्तर अन्तरक्रिया गरी उत्प्रेरणा जगाई समूह निर्माणका लागि वातावरण तयार गरिदिने ।
 लक्षित वडा वस्तिका बासिन्दाको समूह गठन गर्ने इच्छा जागृत भएपछि आय आर्जन समूह गठन गर्न केन्द्र समक्ष निवेदनद्वारा माग गर्न लगाउने । यसरी माग गर्दा समूह प्रति समुदायको अपनत्व रहन जान्छ ।
 समूह गठन गर्दा उत्पिडित, दलित, जनजाती, आदिवासी र महिलाहरुलार्ई समूहमा आवद्ध हुनका लागि विशेष प्राथमिकता दिने ।
 समूह गठन गर्न माग गरेका आवेदहरुको सामूहिक भेला आयोजना गरी समूहका बारेमा सचेतीकरण गराउने । उक्त भेलामा समूह संचालनका बारेमा केन्द्रले नमूनाका लागि तयार गरेको मस्यौदा विधानका विषयमा शसक्तिकरण (यो विधान अनौपचारीक हुनेछ र समूहलाई व्यवस्थित गर्न समूह भित्र लागू गर्ने सामूहिक संकल्प बत्रे छ) गर्ने ।
 लक्षित परिवारहरु (एक परिवार एक सदस्य) ले समूह गठन गर्न तत्पर भएपछि प्रारम्भिक भेलाको आयोजना गर्ने र सोही भेलामा समूहको नाम, पदाधिकारीको चयन र मस्यौदा विधानलाई लागू गर्ने निर्णय गर्ने ।
 समूहले गर्ने काम, कार्यक्षेत्र, कामको प्रकृति, तरीका र साधन स«ोतको व्यवस्था सम्बन्धी सबै कुराहरु समूहको विधानमा उल्लेख भएअनुसार गर्नका लागि प्रशिक्षण दिने ।
 समूहमा आवद्ध हुन चाहने सदस्यले समूहले निर्धारण गरेको प्रवेश शुल्क र नियमित मासिक बचत जम्मा गर्ने ।
 एउटा समूहमा समुदायको वस्ति अनुसार पायक मिलाएर २५ देखि ३० परिवार सदस्य आवद्ध हुने गरी गर्ने । समूह गठनका क्रममा संख्याको निर्धारणगर्दा भौगोलिकता, समुदायको जातीयता, सांस्कृतिक परम्परालाई पनि ध्यान दिनु प्रदछ । भत्रुको तात्पर्य समूहको सदस्यकाका लागि कुनै निश्चित संख्यामा बाँधिनु हुँदैन ।
 समूहमा एक घरपरिवारबाट एकजना सदस्य रहने अर्थात परिवार सदस्य बनाउनमा जोड दिने । पिछडिएको समुदायका विशेष गरी विपत्र, दलित, जनजाती र महिलाहरुलाई समूहमा आवद्ध हुन र नेतृत्व लिन अभिप्रेरित गर्ने ।
 समूह गठन गर्दा ७ देखि ११ जना सम्मको (समूहमा आवद्ध सदस्य संख्या र भौगोलिकताको आधारमा) कार्यकारी समिति (यसलाई सञ्चालक समिति भनिन्छ) गठन गर्ने र सोही समितिबाट नेतृत्वको चयन गर्ने । समूहमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पद अनिवार्य राख्ने, आवश्यकता र समुदायको रुची अनुसार अरु पदहरुपनि (उपाध्यक्ष, सहसचिव) राख्न सकिन्छ । समूहको नेतृत्वमा विपत्र, दलित, जनजाती र महिलालाई संलग्न गराउने । गाविसमा गठन हुने समूहमा एकरुपता हुनुपर्छ ।
 प्रत्येक महिना अनिवार्य रुपमा मासिक बैठक र आवश्यकता अनुसार विशेष बैठक गर्ने परिपाटी वसाउने ।
 बैठक सञ्चालन गर्दा लोकतान्त्रिक विधिलाई पालना गर्नु प्रदछ । अर्थात बैठक सञ्चालन पद्दतिलाई पालना गर्नु प्रदछ ।
 समूहलाई आर्थिक, सामाजिक लगायत बहुआयामिक क्रियाकलापलाई अगाडी बढाउने माध्यमका रुपमा परिचालन गर्न अभ्यास गराउने ।
 गाउँको विकासका गतिविधिलाई अगाडी बढाउँदा समूहको माध्यमबाट गर्ने परिपाटी बनाउन तर्फ अभिप्रेरित गर्ने । खासगरी ग्रामीण स्वावलम्बन विकास केन्द्रद्वारा सञ्चालन गरिने सबै प्रकारका कार्यक्रमहरु यिनै समूहका माध्यमबाट सञ्चालन गर्ने ।