स्वावलम्बन भनेको के हो

–    ग्रामीण विपन्नतम् परिवारलाई नै कार्यक्रमको निर्णायक कार्यानवयनकर्ता र प्रत्यक्ष तथा सम्पूर्ण लाभ प्राप्त गर्ने बनाएर अघिबढ्नु स्वावलम्बन कार्यक्रमको आफ्नो विशिष्ठ शैली हो ।

–    गरिबीबाट पार पाउन गरिबीको प्रकृति र श्रोत बुझ्नुपर्छ । यसका लागि लक्षित समुदायको आवश्यकता र क्षमता, उनीहरुको चाहना र समस्यालाई समेटेर लैजानका लागि उनीहरुकै सहभागिता अपरिहार्यहुन्छ भन्ने स्वावलम्बन कार्यक्रमको धारणा हो ।

–    विपन्न जनताले आफै माथि विश्वास गुमाउँदै गरेको बेलामा उनीहरुलाई यो अवस्थाबाट मुक्त पारेर आत्मविश्वास जागृत गराउने कला स्वावलम्बन हो ।

–    गरिबीको प्रमुख परिचायक भनेको आफुले आफैलाई हीन वा कमजोर ठान्ने अवस्था हो अर्थात गरिबीले नै गरीबीलाई पोस्ने गर्छ । विपन्न वर्गले आफुलाई आफ्नै पछौटे सोंच र सँस्कारबाट मुक्ति दिलाउन सक्नुपर्छ भन्ने स्वावलम्बनको मान्यता हो ।

–    विपन्नको घरदैलोमा जाने, उनीहरुसँगै मिलेर बस्ने, विपन्नबाटै सिक्ने र बुझ्ने, उनीहरुसँगै मिलेर योजना तर्जुमा गर्ने र कार्यान्वयनमा सँगै जुट्ने एकीकृत सोंच नै स्वावलम्बन हो ।