Co-operative Workshop(Up-coming)

सहकारी कार्यशाला :

सहकारीता,समावेसिता र प्रजान्तान्त्रिक अभ्यास: नेपालमा स्थानीय तहमा सहकारी संस्थाको भूमिका

मिति : २०७५,चैत्र १७आइतवार(३१, मार्च २०१९)

समय : ८.००-१४.००

स्थान : हार्दिक होटल

आयोजक :  ग्रामीण स्वावलम्बन विकास केन्द्र, बालुवाटार, काठमाडौं, र सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थान, अक्सफोर्ड विश्वविद्यालय, बेलायत

 

पृष्ठभूमि, औचित्य र उद्देश्य

  • समाजको आधुनिकीकरण र प्रजातान्त्रिकरणका प्रयासहरूसँगै सहकारी संस्थाहरूको विकास हुँदै आएको छ। आधुनिक समाजको निर्माणका क्रममा पारस्परिक सहयोग, समावेशीता, भ्रातृत्व तथा समतामूलक समाज निर्माण गर्ने कडीको रूपमा सहकारीलाई लिने गरेको पाइन्छ l विश्वबैंक, अन्तराष्ट्रियश्रमसङ्गठन, युरोपेली सङ्घ जस्ता संस्थाले सहकारीलाई आक्कल झुक्कल सामाजिक संस्थाको रूपमा परिभाषित गर्न खोजिएको छ ।  सहकारीका सिद्धान्त  उद्देश्यहरू मूलत: सामाजिक प्रकृतिका भएता पनि विश्वव्यापी रूपमा नै सहकारी संस्थालाई आर्थिक संस्थाको रूपमा बढी र सामाजिक संस्थाको रूपमा कम हेरिने गरिएको पाइन्छ। तर दक्षिण एशियाली मुलुकहरूमा यसको खासै प्राज्ञिक बहस भएको पाइदैन l

 

  • नेपालमा सहकारी संस्थाको इतिहास ६० वर्ष भन्दा लामो छ । तर राज्यद्वारा नियन्त्रित र राजनीतिक हस्तक्षेपले ग्रसित पूराना धेरैजसो साझा संस्थाहरूको अवसान पछि नयाँ प्रजातान्त्रिक वातावरणमा जनताद्वारा जनताकै लागि गाउँ गाउँमा विभिन्न विषयगत सहकारी संस्थाहरू खुलेका छन्। सहकारी विभागका अनुसार २०७२ असार मसान्त सम्म ५१ लाख नेपाली (जुन यदि दोहोरोपना नहुने हो भने सदस्य बन्न उमेर पुगेका सबै नेपालीको ३०%  जति हुन आउँछ) कम्तीमा पनि एउटा सहकारी संस्थाको सदस्य बनेका छन्। सहकारी संस्थाहरूले कूल तीन खर्ब रुपियाँ भन्दा बढी बचत परिचाल नगरेका छन्। सहकारी संस्थाहरूले एउटा ठूलो सङ्ख्यामा रोजगारीको अवसर पनि सिर्जना गरेका छन्। अहिले नेपालका हरेकजसो गाउँहरूमा कुनै न कुनै सहकारीले काम गरेका छन्, र कुनैमा विविध विषयका र एक भन्दा बढी संस्थाहरू रहेका छन्। 
  • वितेको ३० वर्षमा नेपालमा भएको विषम राजनीतिक तथा सामाजिक अस्थिरता र अभूतपूर्व परिवर्तनहरूले गाउँ तथा शहरको जनसङ्ख्याको ढाँचामा ठूलो बदलाव आएको छ ।यो अवधिमा गैर सरकारी संस्थाहरू मौलाए अनि लामो अवधि सम्म सुके; लामो समय सम्म ग्रामीण क्षेत्रमा सरकारको उपस्थिति न्यून मात्र हैन शुन्य सम्म रह्यो।बीस वर्ष सम्म स्थानीय सरकारको निवार्चन भएन, स्थानीय निकायहरू प्रतिनिधि रहित भए।तर सहकारी लगायतका केही समुदायमा आधारित संस्थाहरू यो विषम परिस्थितिमा जोगिएन मात्र, कति त निरन्तर विस्तार र विकास हुँदै गए । उनीहरूले आफ्नै स्रोत साधनको परिचालन गर्दै आफ्ना वित्तीय र सामाजिक आवश्यकता पूरा गर्दै स्वशासनको नमूना प्रदर्शन गरे । १० वर्षे सशस्त्र द्वन्द्व लगायतका कारणहरूबाट सिर्जित ठूलो राजनीतिक अस्थिरताको बीच पनि धेरै हद सम्म सामाजिक गतिशीलता, स्थायीत्व, र सबलता देखियो । यस बीच सहकारी अभियानमा केही विसङ्गति र सहकारी व्यवस्थाको दुरुपयोग पनि नभएकाे हैन l ता पनि समग्रमा धेरै ग्रामीण सहकारीहरूले कसरी यस्तो प्रतिकूल परिस्थिति सामना गर्दै, अनि सामाजिक विविधतालाई व्यवस्थापन गर्दै संस्थागत विकास गर्दै गए ? भन्ने चासोको विषय बनेको छ l त्यसै गरी स्थानीय स्तरमा प्रजातान्त्रिक अभ्यास प्रवर्द्धन गर्न उनीहरूको केभूमिका रह्यो खोजि गर्नु, व्यवहारिक, प्राज्ञिक र नीतिगत रूपमा समेत उपयोगी हुने देखिन्छ l 
  • नेपालमा सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा भनेर स्वीकार गरिए पनि मूलत: सहकारी संस्थालाई विस्तारै वित्तीय संस्थाकै रूपमा व्यवहार गर्न थालिएको देखिन्छ। खासगरी केन्द्रीय कर प्रणालीमा सहकारीलाई विस्तारै वित्तीय संस्थाकै रूपमा समेट्दै करको दायरामा ल्याउने काम गरिएको छ भने, स्थानीय तहमा समेत सहकारीलाई सामाजिक, आर्थिक विकासको साझेदारको रूपमा भन्दा पनि नाफामूखी वित्तीय संस्थाको रूपमा व्यवहार गर्न थालिएको छ।कतिपय सहकारी र वित्तीय कानूनहरूमा परस्परमा तादात्म्यता छैन । सहकारीहरूलाई सहयोग र नियमन गर्दै आएका सहकारी विभाग मातहतका कार्यालयहरू हटाएर स्थानीय तहलाई उक्त अधिकार दिइए पछि अहिले संक्रमणकालीन अन्यौलता देखिएको छ।अहिलेको परिवर्तित सन्दर्भमा जन आकांक्षा र व्यवहारिकतालाई मध्यनजर गर्दै, अनि सफल अभ्यासबाट सिकेर स्थानीय, प्रादेशिक र राष्ट्रियतहका नीतिहरू र तत्अनुसारका व्यवहार तय गर्नु पर्ने टट्कारो खाँचो देखिएको छ।
  • नेपालमा अभ्यास गरिएका सहकारीका मोडेलहरू मध्ये ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)ले विगत ३० वर्ष देखि अभ्यास गर्दै आएको दुइ तहको (two-tier) सङ्घीय सहकारी मोडेल एउटा हो l यो मोडेलमा सदस्यको भूमिका प्रधान हुन्छ; उनीहरू समुदाय तहमा समूह मार्फत क्रियाशील हुन्छन् र तिनै समूहहरू मिलेर सङ्घीय रूपमा सहकारी संस्थाको गठन हुन्छ l वास्तवमा RSDCले विपन्नताबाट मुक्ति पाउने एउटा जुक्तिको रूपमा विपन्नहरूलाई सङ्गठित हुने; आत्मविश्वास, पारस्परिक एकता सद्भाव र सहयोगको विकास गर्ने; बचत तथा उपलब्ध सबै साधन स्रोतको परिचालनबाट सामूहिक पूँजीको निर्माण गरी उत्पादन तथा आम्दानी वृद्धि गरी स्वरोजगार तथा स्वावलम्बन प्रवर्धन गर्न उत्प्रेरित गर्दै आएको थियो। यसलाई संस्थागत गर्ने प्रयासस्वरूप समुदाय तहमा गठित समूहहरूलाई सहकारीमा रूपान्तरण गरिएको हो । यसरी अहिले १७१ वटा सहकारीमा ५० हजार भन्दा बढी घरपरिवारहरू सङ्गठित छन्। अहिले नेपालमा ठूलो सङ्ख्यामा समूहमा आधारित सहकारीहरू गठन भइ विकट ग्रामीण क्षेत्रसम्म फैलिएका छन् र तुलनात्मक रूपमा सफल छन् । यी सहकारीहरूको अनुभवबाट सिक्नु पर्ने र टेवा दिनु पर्ने धेरै कुराहरू छन् ।
  • यसै परिप्रेक्ष्यमा ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC)सँगको सहकार्यमा बेलायतमा अवस्थित अक्सफोर्ड विश्वविद्यालयको सामाजिक तथा सांस्कृतिक मानव शास्त्र अध्ययन संस्थानबाट हालै गरिएको स्थानीय सहकारी संस्था र प्रजान्तान्त्रिक अभ्यास बारेको प्रारम्भिक अध्ययनको नतिजा प्रस्तुत गर्ने, र माथिका विषयहरूमा गहन छलफल गर्ने उद्देश्यले माथि उल्लिखित मिति, स्थान र समयमा ‘सहकारिता, समावेसिता र प्रजान्तान्त्रिक अभ्यास: नेपालमा स्थानीय तहमा सहकारी संस्थाको भूमिकाविषयक कार्यशाला गोष्ठीको आयोजना गर्न लागिएको छ।

कार्यक्रम

समयतालिका कार्यक्रम कैफियत
चरण१: आगमन, परिचय
८.००-८.३० नास्ता,  उपस्थिति तथा नाम दर्ता
८.३०.००-९.०० परिचय र स्वागत
चरण२: औचित्य, अध्ययनको नतिजा, र अन्य प्रस्तुति र छलफल (४)
९.००-११.००

 

१.      औचित्य, विषयवस्तु अध्ययनको नतिजा

२.      समूहमा आधारित सहकारी मोडेल (२ वटा प्रस्तुति)

३.      नेपालको सहकारी आन्दोलनमा देखिएका चुनौती र बाधाहरू

११.००-११.१५ चिया
चरण३: कार्यशाला छलफल : केस प्रस्तुति/अनुभव साटासाट र नीतिगत छलफल (४)
११.१५-१३.३० १.      सहकारी अभियान, नेतृत्व विकास र प्रजान्तान्त्रिक अभ्यास

२.      सहकारी आर्थिक संस्था मात्र हो वा स्थानीय सामाजिक/नागरिक समाज समेत हो ?

३.      सङ्घीयतामा प्रादेशिक र स्थानीय सरकारको सहकारी संस्थाहरूसँग सम्बन्ध (नियमन, समन्वय, कार्यान्वयन)

४.      सहकारी सम्बन्धी देखिएका व्यवहारिक र नीतिगत समस्या र समाधानका उपाय

५.      निष्कर्ष(अबको बाटो)

१३.३० खाना तथा विदाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *